एजेन्सी ।


ADVERTISEMENT


बार्सिलोनाले मुख्य प्रशिक्षक अर्नेस्टो भल्भर्डेलाई बर्खास्त गरेको छ । उनको स्थानमा रियल बेटिसका पुर्व प्रशिक्षक क्वेक सेटिनलाई नियुक्त गरेको छ । ५५ वर्षीय भल्भर्डेले दुई स्पेनिस लिगको उपाधि जिताउन सफल भएका थिए । उनले बार्सिलोनालाई स्पेनिस लिगको शीर्ष स्थानमा राख्न समेत सफल थिए । तर च्याम्पियन्स लिगको फाईनल पुग्न टिम असफल बनेको थियो ।


ADVERTISEMENT

# # #


सेटिनले सन् २००५ मा कोपा डेल रेको सेमिफाईनल पुग्दै टिम छाडेका थिए । क्लबले सेटिनसंग साढे २ बर्षको सम्झौता गरेको छ ।

बार्सिलोनाले भल्भर्डेसंगको सम्झौता समाप्त गर्दै उनले क्लब परिवारलाई गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरेको छ । गत सिजन च्याम्पियन्स लिगको सेमिफाईनलको खेलमा लिभपुरसंग पराजित भएपछि भल्भर्डे दबाबमा परेका थिए । पहिलो लेगमा ३–० ले जितेपनि दोस्रो सम्हालिन नसक्दा उनी बर्खास्तीको सूचिमा उक्लिएका थिए ।

उनी कोपा डेल रेको फाईनलमा भ्यालेन्सियासंग पराजित समेत भएका थिए । बार्सिलोना गत सातामात्र सुपरकपको सेमिफाईनलबाटै बाहिरिएको थियो । जसले भल्भर्डेलाई बर्खास्तीको निर्णयसम्म पुर्याएको हो ।