काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैकले मंगलबार साधारण सभा सम्पन्न गरेको हो ।


ADVERTISEMENT


साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७६ आषाढको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा विस्तृत आयको विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।


ADVERTISEMENT

# # #


सभाले चालु आर्थिक वर्ष २०७६/७७ को लागि श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ । यस्तै साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी २, अर्ब ६० करोड ६६ लाख ४० हजार चारसय रुपैयाँको ८.९५ प्रतिशत (कर सहित)ले हुन आउने २३ हरोड ३५ लाख ३७ हजार २९६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ८९ शाखा कार्यालयहरु, २६ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।