काठमाडौँ — आज माघ १ अर्थात् माघे संक्रान्ति । मुलुकभर विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाइँदै छ ।थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन्।


ADVERTISEMENT


काठमाडौंमा बसोबास गर्दै आएका मगर समुदायले आफ्‍नो महान चाड माघे संक्रान्तिका अवसरमा काठमाडौंको टुँडिखेलमा महोत्सव आयोजना गरेका छन् । नेपाल मगर संघको आयोजनामा टुँडिखेलमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम हुन लागेको हो । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।


ADVERTISEMENT

# # #


यस्तै नुवाकोट र धादिङका विभिन्न स्थानमा संक्रान्तिका अवसरमा ६५ हल गोरु जुधाइने भएको छ ।