काठमाडौँ – थारु समुदायको महत्त्वपूर्ण चाड ‘माघी’ र मकरक्रान्ति काठमाडौँको टुँडिखेलमा भव्यताका साथ मनाइएको छ ।


ADVERTISEMENT


विभिन्न जिल्लाबाट काठमाडौ उपत्यकामा आएर बसोबास गरेका थारु समुदायले माघी महोत्सवका अवसरमा बुधबार बिहान आआफ्ना भेषभुषा र संस्कृति झल्कने पहिरनसहित र्‍याली निकालेका थिए ।


ADVERTISEMENT

# # #


नेपाल मगर संघको आयोजनामा टुँडिखेलमा मकरसंक्रान्ति कार्यक्रमको आयोजना गरिएको थियो ।  कार्यक्रममा उपराष्ट्रपनि नन्द किशोर पुन, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, खानेपानी मन्त्री बिना मगर लगायतको समेत उपस्थिति रहेको थियो ।

थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् ।

 

तस्बिर : रासस