काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडासँग नाडा प्रतिनिधि मण्डलले छलफल गरेको छ । बुधबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा ९ सदस्यीय नाडा प्रतिनिधि मण्डलले अर्थमन्त्री खतिवडासँग गरेको हो ।


ADVERTISEMENT


मन्त्री खतिवडासँग भेट गरेर फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।


ADVERTISEMENT

# # #


उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले अटोमोवाइल व्यवसाय सुस्ताउदै गएको, अटोलोनमा धेरै समस्याहरु देखा परेको, नाडाले मालवस्तु तथा ढुवानी साधानको अनुगमन प्रणाली (भीसीटीएस) का सम्बन्धमा देखा परेको समस्याहरुको निराकरणका लागि छिट्टै तत्सम्बन्धी प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गर्न लागेको बताए । उनले काठमाडौँ उपत्यकाको सडक तथा पुल निर्माणमा भईरहेको ढीलाई बारे जिज्ञाशा राख्दै कर कार्यालयका अधिकारीहरुले व्यवसायीहरुलाई गर्ने व्यवहार सम्मानजनक हुन नसकेको गुनासो समेत गरे ।

यस्तै भेटघाटमा उपाध्यक्ष करण चौधरीले अटोमोवाइल व्यवसाय सुस्ताएको कारण डिलरहरुको लगानी डुब्ने अवस्था उत्पन्न भएको दुखेसो पोखे । सो छलफलमा महासचिव सुनिल रिजालले स्वच्छ व्यवसायको प्रवद्र्धनमा देखा परेका समस्या तथा चुनौतिहरुबारे आफना धारणा राखेका थिए । सोहि क्रममा उपस्थित नाडाका पदाधिकारी तथा सदस्य्हरुले हेवि इक्युपमेण्टस तथा कमर्सियल सवारी साधनहरुको व्यवसायमा देखा परेका समस्याहरुको बारेमा पनि चर्चा गरे ।

उक्त छलफलको क्रममा मन्त्री खतिवडाले भारतबाट आउने भाडाका गाडिहरुको विषयमा चर्चा गर्दे अटोमोवाइल स्पेयर पार्टसको अवैध व्यापारलाई रोक्न आधिकारिक विक्रेताले मात्र स्पेयर पार्टस पैठारी गर्न पाउने सुझाव सकारात्मक रहेको बताए । उनले उच्च प्रविधिका विद्युतीय सवारी साधनहरुलाई सरकारले उच्च प्राथमिकता दिने बताउँदै बैङ्कहरुले लिने व्याज खाशगरी अटो लोनलाई पनि प्रणालीगत रुपमा स्थापित गर्ने बताए ।

सवारी साधनको व्यवसाय विशिष्ट किसिमको भएको भन्दै नेपाल विश्व व्यापार संङ्गठनको सदस्य भएको हैसियतले सवारी साधनहरुमा लाग्ने करको दरमा पुर्नविचार गरिन लागेको जानकारी समेत दिए । सोही क्रममा उनले सुस्ताएको अटोमोवाइल व्यवसायलाई उठाउन व्यवसायीहरुले महशुस गर्ने गरी कार्यक्रम ल्याइने आश्वासन समेत दिए ।

छलफलमा अर्थ मन्त्रालयलका राजश्व सचिव शिशिर ढुङ्गाना, नाडाका उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल लगायतको उपस्थिति रहेको थियो ।