काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।


ADVERTISEMENT


बुधबार साँझ नागार्जुन-१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


विस्फोट हुँदा ढकालको परिवारका सदस्यहरु घरमै थिए । विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी गेटमा पनि क्षति भएको छ । तर कुनै मानवीय क्षति नभएको महानगरीय प्रहरी परिरस, काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले बताए ।

विप्लव समूहले विस्फोटको जिम्मा लिएको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ ।