काठमाडौं । प्रतिबन्धित विप्लव समूहले बालुवाटारस्थित ललितनिवासको जग्गा कब्जा गरेको घोषणा गरेको छ ।
बालुवाटारको जग्गा कब्जा गरिएको भन्दै समुहले ब्यानर राखेको छ । जसमा ११५ रोपनी जग्गा पार्टीको मातहतमा आउने गरी कब्जा गरिएको उल्लेख छ ।
समूहले बुधबार साँझ जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको नागार्जुन १ नर्सरीचोकस्थित घरमा समेत विस्फोट समेत गराएको छ ।