१९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा आज २२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइँदैछ । जमिनमुनिको प्रकोप अथवा भूकम्पीय जोखिमका दृष्टिले नेपाल ११ औँ जोखिमयुक्त क्षेत्रमा पर्छ । काठमाडौं सबैभन्दा बढी जोखिमयुक्त शहरको सूचीमा छ । कमजोर भौतिक संरचना, अव्यवस्थित बस्ती, निर्माण संहिता विपरीतका भवन लगायतका कारणले जोखिम बढाउँदै लगेको देखिन्छ ।


ADVERTISEMENT


नेपालमा अहिलेसम्म गएका भुकम्प मध्ये संखुवासभाको चैनपुरलाई केन्द्रविन्दु बनाएर १९९० साल माघ २ गते गएको ८ दशमलव ४ म्याग्निच्युटको भुकम्पलाई विनाशकारी मानिन्छ । सो भुकम्पले ८ हजार एक सय १९ जनाको ज्यान लियो भने २ लाख ७ हजार बढी भौतिक संरचनामा क्षति पुर्‍याएको थियो । २०७२ सालमा ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो ।


ADVERTISEMENT

# # #


भूकम्पपछिको पुर्नर्निमाण अहिले पनि जारी छ । जसका कारण ९ हजार बढीले ज्यान गुमाएका थिए । दिवसका अवसरमा भक्तपूरमा आज हुने विशेष सचेतना कार्यक्रम हुँदैछ ।