प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बब्लु गिरीको संगीत, डीपी खनालको शब्द तथा बब्लु र मिना निरौलाको स्वर रहेको छ ।


ADVERTISEMENT


गीतको भिडियोमा चलचित्रका अधिकांश कलाकार समेटिएका छन् । भिडियोमा अभिनेत्री प्रियंका कार्की र दिलिप रायमाझी र अभिनेता सलोन बस्नेत र अभिनेत्री वर्षा सिवाकोटीलाई जोडीको रुपमा फिचर्ड छन् । चलचित्रको शिर्ष भूमिकामा देखिएका किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशिल पोखरेल, मनिषा श्रेष्ठ लगायतलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ ।


ADVERTISEMENT

# # #


कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन, मीत्र डी गुरुङको सम्पादन छ । चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन शिवहरि पौड्यालको छ । अनसुया श्रेष्ठको लगानी रहेको चलचित्रका किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी कार्यकारी निर्माता हुन् । चलचित्र आगामी चैत्र २१ गतेबाट रिलिज हुने छ ।

गीत भिडियो हेर्न तल क्लिक गर्नुहोस्