कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउराली भन्ने स्थानको बीचमा हिमपहिरो खसेपछि सम्पर्कबिहिन भएका ७ जना विदेश्शी पर्यटकको अवस्था अझै अज्ञात छ ।


ADVERTISEMENT


प्रसिद्ध पर्यटकीयस्थल अन्नपूर्ण आधारशिविर हिँडेका चार कोरियन र एक चिनियाँ पर्यटक हिजैबाट सम्पर्कबिहीन भएका थिए । पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखा प्रमखु मीरा आचार्यका अनुसार हालसम्म सम्पर्क कायम हुन सकेको छैन ।


ADVERTISEMENT

# # #


सम्पर्कविहीन विदेशी पर्यटक, नेपाली गाइड र पोर्टरको खोजीमा हेलिकोप्टर परिचालन गरिएको छ । स्थानीयले पनि पैदल हिडेर खोजीमा लागेका छन्