काठमाडौँ– राजपा नेपालका सांसदहरुले एक महिनाको तलब तराई मधेसका बाढी पीडितलाई दिने घोषणा गरेका छन् । आज बसेको राजपा सांसदहरुको बैठकले एक महिनाको तलब दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


निर्णयअनुसार सांसदहरुले एउटा कोष खडा गरेर एक महिनाको पारिश्रमिकका साथै अरु सुभेच्छुकसँग संकलन गरेर पीडितको राहतमा खर्च गर्नेछन् ।


ADVERTISEMENT

# # #


बैठकले बाढी पीडितको राहत तथा उद्दारकार्य प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको वाढीले तराईका जिल्लाहरुमा जनधनको ठूलो क्षति भएपछि राजपाले यस्तो निर्णय गरेको हो ।

यसैबीच राजपाले सांसदहरुले पार्टीलाई तिर्नुपर्ने लेबी तोकेको छ। पार्टीको निर्णयअनुसार सांसदहरुले अब पार्टीलाई मासिक रु ८ हजार लेबी तिर्नुपर्नेछ ।