एजेन्सी ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले लिबियामा देखिएको राजनीतिक समस्या समाधान गर्न शक्ति राष्ट्रहरु प्रतिवद्ध रहेको बताएका छन् ।


ADVERTISEMENT


जर्मनको बर्लिनमा भएको शक्ति राष्ट्रहरुको सम्मेलनपछि महासचिव गुटेरसले लिबियामा जारी द्वन्द्व समाधानका लागि हस्तक्षेप नगर्न विश्वका नेताहरु एकमत भएको बताएको बीबीसीले जनाएको छ ।


ADVERTISEMENT

# # #


शक्ति राष्ट्रहरुले लिबियामा जारी युद्धमा विदेशी हस्तक्षेप सीमित बनाउने र उत्तर अफ्रिकी मुलुकमा युद्धरत समूहलाई शान्तिपूर्ण लडाइको दिशामा पुर्‍याउने महत्वपूर्ण सम्झौतामा हस्ताक्षर समेत गरेका छन् ।

सम्झौताले राजनीतिक प्रक्रियालाई अघि बढाउने र द्वन्द्वको सैनिक समाधानलाई नकार्ने नेताहरुले विश्वास लिएका छन् । नेताहरुले लिबियामा जारी राजनीतिक द्वन्द्व अन्त्य गरी दिगो शान्तिका लागि राष्ट्रसंघको अगुवाइमा पहल हुनपर्ने धारणासमेत राखेका छन् ।

पछिल्ला महिनाहरुमा लिबियामा विदेशी सहयोगले हतियार, सेना र नगद प्रवाहका कारण युद्धरत दुवै पक्षले सैन्य विजय हासिल गर्ने प्रयास गरेकाले हिंसा बढ्दै गएको अधिकारीहरुले जनाएका छन् ।

सन् २०११ को विद्रोहपछि लामो समय सत्तामा रहेका मुअम्मर गद्दाफीलाई सत्ताच्यूत गराएसँगै लिबिया द्वन्द्वको मारमा परेको छ ।