मोरङ – मिक्लाजुङ गाउपाँलिकाको रमितेमा गएराति बम विस्फोट भएको छ ।


ADVERTISEMENT


निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा एक्स्काभेटरमा विस्फोट भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रदेश नम्बर १ सरकारले ५८ करोड ५६ लाख रुपैयाँ बजेटमा ठेक्का स्वीकृत गरेर सडक कालो पत्रे गर्ने क्रम जारी रहेको थियो । सडक चौडा गर्दै सुके आहालको साकेला मेला लाग्ने ठाउँमा पुगेको तीन वटा एक्स्काभेटरमा बम हानेर ध्वस्त पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विस्फोट कसले र किन गरेको भन्ने बारे खुल्न सकेको छैन ।