चीनले अमेरिकी सामान र उत्पादनको आयातमा वृद्धि गर्ने भएको छ । अमेरिकी कम्पनीसंग भएको छलफलपछि चीनले अमेरिकी उत्पादनको आयात बढाउने निर्णय गरेको अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका प्रवक्ता मंग वीईले पत्रकार सम्मेलन मार्फत उर्जा, कृषिजन्य उत्पादनहरु, स्वास्थ्य क्षेत्रका वस्तुहरु, वित्तिय क्षेत्रका उत्पादन अमेरिकाबाट आयात हुँदै आएको बताउनुभएको रोयटर्सले जनाएको छ ।


ADVERTISEMENT


विश्वको दुई ठुला अर्थतन्त्र भएको मूलुकबीच भएको प्रारम्भिक व्यापार सम्झौता अनुसार आगामी दुई वर्षभित्र चीनले अमेरिकाबाट २ अर्ब डलर बराबरको वस्तु आयात गर्नेछ । चीनका उप प्रधानमन्त्री लीउ हेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग यसै साता व्यापार सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।


ADVERTISEMENT

# # #