उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखलाई सम्बोधन गरेर संसद् सचिवालयमा राजीनामा दिने तयारी गर्नुभएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आग्रहअनुसार तुम्बाहाङ्फेले राजीनामा दिन लागेको स्रोतले जनाएको छ ।


ADVERTISEMENT


यसअघि सभामुख उम्मेदवार तय भएपछि निकास दिने बताउँदै आएकी उपसभामुख तुम्बाहाङ्फेलाई हिजो नेकपा सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले बोलाएर छलफल गर्नुभएको थियो । सो क्रममा पार्टीलाई अप्ठेरोमा नपारी निकास दिन ओलीले आग्रह गर्नुभएको स्रोतको भनाई छ ।


ADVERTISEMENT

# # #


अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने तयारी छ ।