काठमाडौँ – भारतीय क्रिकेट टिमका ओपिनिङ ब्याट्सम्यान शिखर धवनले न्यूजिल्याण्डविरुद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिजबाट बाहिरिएका छन् । काँधको चोटका कारण धवनले सिरिज गुमाउने भएका हुन् ।


ADVERTISEMENT


आईतबार बैंगलोरमा अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा फिल्डिङका क्रममा धवन घाइते भएका थिए । उनको बायाँ काँधमा चोट लागेको छ । भारतीय क्रिकेट टिमले २४ जनवरी (शुक्रबार)देखि न्यूजिल्याण्डविरुद्ध उसकै घरेलू मैदानमा तीनवटा टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।


ADVERTISEMENT

# # #


यद्दपी भारतीय क्रिकेट बोर्डले भने उनको स्थानमा अर्को नाम सार्वजनिक गरिसकेको छैन ।