काठमाडौँ –  श्रीलंकाका १७ वर्षीय तीव्र गतिका बलर मथिसा पथिरानाको नाम अहिले क्रिकेट क्षेत्रमा सर्वाधिक चर्चाको विषय बनेको छ । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार भारत र श्रीलंकाबीचको खेलमा उनले गरेको बलिङको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।


ADVERTISEMENT


भाइरल भिडियोमा उनको बलिङको गति स्पिड गनले १७५ किलोमिटर प्रतिघण्टा देख्न सकिन्छ। यदि यो गति सही हो भने उनले विश्व कीर्तिमान कायम गर्नेछन् अर्थात उनी विश्व क्रिकेटका सबै फर्म्याटमा अहिलेसम्मकै तीव्र गतिमा बल फाल्ने बलर बन्नेछन् । क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक तीव्र गतिको बलको गति १६१.३ किलोमिटर प्रतिघण्टा रहेको छ । यो रेकर्ड पाकिस्तानी तीव्र गतिका बलर शोयब अख्तरको नाममा रहेको छ ।


ADVERTISEMENT

# # #


सन् २००३ को विश्वकप क्रिकेटमा उनले इंगल्याण्डविरुद्ध १६१.३ किलोमिटर प्रतिघण्टा  (१००.२ माइल प्रतिघण्टा)  को गतिमा बल फालेका थिए । मथिसा पथिरानाको बलिङ सही साबित हुने हो भने अख्तरको १७ वर्ष पूरानो कीर्तिमान भंग हुनेछ । यद्दपी यसबारे प्रशस्तै प्रश्नहरु भने पैदा भएका छन् ।

पथिराना बलिङको त्यो बलिङ

आईतबार भारतको इनिङको चौथो ओभरमा श्रीलंकाका भेट्रान बलर लासिथ मालिंगाको शैलीमा बलिङ्ग गर्ने पथिराना बलिङका लागि आएका थिए ।  ब्याटिङमा थिए भामरतका युजस्वी जैसवाल । पथिरानाले जैसवाललाई सुरुवाती ५ बलमा ६ रन दिए । अन्तिम बल फालेका उनको उक्त बललाई गति नाप्ने यन्त्र (स्पिड गन)ले १७५ किलोमिटर प्रतिघण्टा (१०८ माइल प्रतिघण्टा) देखायो । तर, उक्त बल वाइड गयो ।

भारतसँग श्रीलंकाले ९० रनले हारेको उक्त खेलमा ८ ओभर बलिङ गरेका उनले ४९ रन खर्चिएर एक विकेट पनि लिन सकेका थिएनन् ।

प्रश्न उठाउन सकिने ठाउँ

पथिरानाले १७५ किलोमिटर प्रतिघण्टाको गतिमा फालेको भनिएको उक्त बल पाइड भएको थियो । जसलाई विकेटकिपरले सजिलै समातेका छन् भने ब्याट्सम्यानले पनि बल देखेका छन् । १७५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको बल ब्याट्सम्यान त के विकेटकिपरले समेत समात्न सक्ने अवस्था रहँदैन ।

त्यसअघिका बलहरु १३०–१४० किमि प्रतिघण्टाको गतिमा फाल्ने पथिरानाले उक्त कस मात्रै कसरी १७५ किलोमिटर प्रतिघण्टामा फाले भन्ने प्रश्न पैदा हुन्छ ।

कतिपयले यसमा स्पिड मिटरको गडबडी रहेको आशंका व्यक्त गरेका छन् । यद्दपी यस विषयमा आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले भने बोलेको छैन ।