काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं.–६, लेकसाईडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले सोमबार एक कार्यक्रमका बीच लेकसाईड शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेल गरे । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले गण्डकी प्रदेशमा स्थापना भई राष्ट्रिय स्तरमै उत्कृष्ट विकास बैंकको रुपमा स्थापित गरिमा विकास बैंकले पोखरा लेकसाईड शाखा स्थापनापश्चात यस क्षेत्रको विकासमा हातेमालो गर्दै अगाडि बढ्ने बताए।


ADVERTISEMENT

# # #


बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले व्यवसायको विस्तार संगसंगै आधुनिक प्रविधिको प्रयोगमा विशेष जोड दिदै आएको जानकारी दिए । बैँकले संस्थागत शुसासनलाई सदैव प्राथमिकतामा राखेको र सामाजिक क्रियाकलापहरुमा जिम्मेवारी वहन गर्दै आएको कारणबाट उत्कृष्ट संस्थाको रुपमा स्थापित हुन सफल भएको उनले बताए। उनले सम्पूर्ण आधुनिक सुविधा सहित स्थापित लेकसाईड शाखा कार्यालयबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुविधा प्राप्त गर्ने बताए ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र ११ वटा शाखा सहित देशभर ९१ शाखा र ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।