काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०२० को दशक नेपाल भारत सम्बन्धको स्वर्णीम दशक हुने उद्घोष गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेपाल र नेपालीहरुका लागि नयाँ बर्ष २०२० को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै मोदीले २०२० को दशकमा दुई देशबीचको सम्बन्ध र नेपाललाई गर्ने सहयोगको उचाई चुलिने बिश्वास व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


बिराटनगरमा भारतले बनाईदिएको एकीकृत भन्सार जाँच चौकीको प्रधानमन्त्री केपी शर्मा ओलीसंग स्वीच मार्फत संयुक्त उद्धघाटन गर्दै नयाँ दशक नेपाल भारत सम्बन्ध र सहयोगको स्वर्णीम दशक बन्ने मोदीले घोषणा गरेका छन् । उनले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डल मार्फत समेत सो धारणा सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले नेपालसंगको आवागमन सूचारु र सरल बनाउँदै दुई देश बीचको व्यापार, संस्कृति, शिक्षा लगायतका क्षेत्रहरुमा सहकार्य तथा सुगम बनाउँदै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । रेल तथा ट्रान्समिसन लाईन जस्ता नेपाल र भारतलाई जोड्ने सीमा पार यातायातका प्रोजेक्टहरु धमाधम अघि बढिरहेको समेत मोदीको भनाई छ । सीमाहरुमा रहेका एकीकृत जाँच चौकीहरुले दुई देश बीचको व्यापार तथा आवागमनलाई धेरै नै सुविधाजनक बनाएको प्रधानमन्त्री ओलीको भनाई छ ।

उनले २०७२ को भुकम्पले भत्काएका ५० हजार घरहरुमध्ये भारत सरकारको सहयोगमा ४५ हजार घरहरुको निर्माण भईसकेको जानकारी दिए । बाँकी घरहरु समेत चाँडै निर्माण सम्पन्न गरेर भुकम्प पीडित जनतालाई हस्तान्तरण गरिने समेत उनले बताए । भुकम्पको दुखद अवस्थालाई समेत नेपालीहरुले साहसका साथ सामना गरेकोमा मोदीले प्रसंसा समेत गरेका छन् ।