काठमाडौँ – कृषि विकास बैंक लिमिटेड आफ्नो स्थापनाको ५३ औँ वर्षमा प्रवेश गरेको छ । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाबैँकको ५३ औ वार्षिक उत्सव समारोहको डिजिटाईजेशन पद्धतिबाट उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले कृषि विकास बैंकले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभएको र बैंकको कर्जाको आकारलाई हेर्दा साना भन्दा साना किसानहरुलाई करिब ८० प्रतिशत कर्जा प्रवाह भएबाट कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गरेको विषयको सराहना गरे । उनले भविष्यमा पनि कृषिको व्यवसायीकरण गर्न र सहुलियत पूर्ण कर्जा प्रवाहको मात्रालाई बढाउन आग्रह समेत गरे ।


ADVERTISEMENT

# # #


उनले कर्मचारी यूनियहरुको भनाई सुन्दा उनीहरुको गतिविधि संस्थाको मूलभुत काममा केन्द्रिकृत भई आफ्ना ट्रेड यूनियन गतिविधि गरेकोमा प्रशंसा समेत गरे । उनले नेपालको आर्थिक अवस्था सवल सुदृढढंगले अगाडी बढी रहेकोले सवै लगानीकर्ताहरुलाई ढुक्क सँग लगानी गर्न आग्रह गरे ।

कार्यक्रमका विशिष्ठ अतिथि तथा नेपाल राष्ट्र बैंकका डिपुटि गर्भनर चिन्तामणी सिवाकोटीले बैंकले कृषि क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले लागु गरेको सहुलियत पूर्ण कर्जा प्रवाहको मात्रालाई आगामी दिनमा बढाउन आग्रह गरे ।

वार्षिक उत्सव कार्यक्रममा नेपाल बैकर्स एशोसियशनका अध्यक्ष भुवन कुमार दाहाल, पूर्व अध्यक्ष तथा महाप्रबन्धक श्रीकृष्ण उपाध्याय, बैंकका पूर्व उपमहाप्रबन्धक शंकरमान श्रेष्ठले कृषि विकास बैंकले गरेको प्रगतिको प्रशंसा गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकका गतिविधिहरु माथि प्रकाश पार्दै आगामी दिनमा बैकका सेवा सुविधाहरुमा विस्तार गर्ने बताए ।

उक्त अवसरमा अर्थमन्त्री खतिवडाले डिजिटाईजेशन पद्धतिबाट बैंकका दुर्गम स्थानमा रहेका कृषि विकास बैंकका शाखा तथा एक्सटेन्सन काउण्टरहरु गरी १६ वटा कार्यालयको उद्घाटन समेत गरेका छन् । उद्घाटन गरिएका शाखा तथा एक्सटेन्सन काउण्टरहरुमा मोरङको आमबारी, बर्जू, रवी, लौकही, हरिवन, धार्के, मालेपाटन, गण्डकी गोरखा, चन्द्रौटा, पकडी, ढिमे कुशे, बारेकोट, कुमालगाउं, सुकटिया, ओदानकु महावै र एक्सटेन्सन काउण्टर धुलिखेल रहेका छन् ।