काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदैछ । आठौं चरणको पहिलो खेलमा लिगको दाबेदार मछिन्द्र र पुलिस आमने सामने हुँदैछन् ।


ADVERTISEMENT


खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । मछिन्द्रको ७ खेलबाट १३ अंक रहेको छ । गत सिजन लिगमा गरेको खराब प्रदर्शनका कारण एक अंक ऋण बोकेर मछिन्द्रले लिगको सुरुवात गरेको थियो । ४ जित २ बराबर र १ हारको नतिजा सहित तेस्रो स्थानमा छ ।


ADVERTISEMENT

# # #


लिगमा ७ खेल खेलेको पुलिसको ११ अंक रहेको छ । पुलिस ३ जित, २ बराबरी र २ हारको नतिजा सहित तालिकाको छैटौ स्थानमा छ । एन्फाको कारबाहिमा परेका देबेन्द्र सहित दिपक राई र विजय धिमाल दुई खेलको प्रतिबन्धपछि आठौं चरणको खेलमा फर्कने भएका छन् ।