एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले सेफिल्ड युनाईटेडलाई हराएको छ । गएराति भएको खेलमा सिटीले युनाईटेडलाई १–० गोल अन्तरले हराएको हो । सिटीको जितमा सर्जियो अग्युरोले ७३ औं मिनेटमा विजयी गोल गरे ।


ADVERTISEMENT


बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अग्युरोले सिटीका लागि गोल गरेका थिए । पछिल्ला तीन खेलमा अग्युरोले छैटौ गोल गर्न सफल भएका छन् । सिटीले पहिलो हाफमै अग्रता लिने अवसर गुमाएको थियो । ग्याब्रियल जिससको पेनाल्टी प्रहार घरेलु टोलीका गोलकिपर डेन हेन्डरसनले रोकिदिए ।


ADVERTISEMENT

# # #


जितपछि सिटी ५१ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा १३ अंक पछाडी छ ।
सेफिल्ड ३३ अंक सहित तालिकाको सातौ स्थानमा छ ।