काठमाडौँ – नेपाल सन् २०२१ मा भारतमा हुने टी २० विश्वकपको ग्लोबल छनोटका लागि छानिएको छ । पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरियताका आधारमा नेपालले सिधै ग्लोबल छनोट खेल्न पाउने भएको हो ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले बिहीबार एक विज्ञप्ती निकाल्दै सन् २०२० को जनवरी महिनासम्मको टी-२० अन्तर्राष्ट्रिय वरियताका आधारमा नेपालसहित जिम्बाब्बे, युएई र हङकङ गरी चार टिमलाई सिधै ग्लोबल छनोटमा छानेको जनाएको छ ।


ADVERTISEMENT

# # #


यसअघि आइसीसीले उत्कृष्ट आठ टेस्ट टिमसम्मिलित च्याम्पियन्स ट्रफीलाई परिवर्तन गर्दै टी–२० विश्वकप बनाएको थियो । भारतले आयोजना गर्ने उक्त अतिरिक्त विश्वकपमा १६ टिमले सहभागिता जनाउने छन् । जसमा अष्ट्रेलियामा यही वर्ष (२०२०) हुने टी २० विश्वकपका उत्कृष्ट १२ टिम सिधै छनोट हुनेछन् । बाँकी चार स्थानका लागि ग्लोबल छनोट हुनेछ ।

ग्लोबल छनोटमा नेपालसहित जिम्बाब्बे, युएई र हङकङका साथै सन् २०२०को पुछारका चार टोली र क्षेत्रीय छनोटबाट आएका ८ टिमगरी १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । क्षेत्रीय छनोटमा अमेरिकाबाट २, अफ्रिकाबाट १, युरोपबाट २, एशियाबाट २, पूर्वी एशिया प्यासिफिकबाट एक टिम ग्लोबल छनोटका लागि छानिनेछन् ।

सन् २०१४को टी २० विश्वकप खेलेको नेपाल २०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकप छनोटका लागि गत अक्टुबलमा युएईमा भएको ग्लाबल छनोटमा समेत पुग्न असफल भएको थियो ।