ललितपुर –प्रहरीले हात्तिको दाह्रासहित एकजनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१२ लगनखेल बसपार्कबाट १ थान हात्तीको दाह्रासहित सिरहाका ताराकान्त चौधरीलाई पक्राउ गरको हो ।
महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले बिहीबार दिउँसो उनलाई उक्त दाह्रासहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस समबन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।