काठमाडौँ – प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका नेकपा नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता तथा मानव अधिकारवादी दिनेश त्रिपाठीले शुक्रबार सापकोटालाई सभामुख हुनका लागि योग्य नभएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।


ADVERTISEMENT


अधिवक्ता त्रिपाठीले दायर गरेको रिटमा व्यक्ति हत्यामा मुछिएका सापकोटालाई सभामुखमा निर्वाचित नगर्न र सभामुखको हाल भएको निर्वाचन प्रक्रिया समेत रोक्न माग गरिएको छ । प्रहरीले वारेन्टी गरेको अवस्थामा सभामुख बनाउँदा दण्डहिनता बढ्ने र विधिको शासनलाई चुनौति मिल्ने त्रिपाठीको भनाई छ।


ADVERTISEMENT

# # #


रिटमा उनले सापकोटालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया थाल्न माग गरका छन् । माओवादी युद्धका बेला २०६२ वैशाख १६ गते एमालेका स्थानीय नेता अर्जुन लामाको हत्या गरेको आरोप अग्नि सापकोटामाथि रहेको छ । अपहरण गरेर लगिएका लामाको शव दुई महिनापछि गाडिएको अवस्थामा काभ्रे बुढाखानीमा फेलापरेको थियो।

यो पनि
अग्नि सापकोटामाथि कुनै मुद्दा छैन, उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो : प्रचण्ड

लामाको हत्यामा सापकोटा र पूर्वराज्यमन्त्रीसमेत रहेका सूर्यमान दोङको संलग्नता रहेको भन्दै लामाकी श्रीमती पूर्णिमाया लामाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दरखास्त दिएकी थिइन्। सोही अनुसार काभ्रे प्रहरीले सापकोटालाई बयानका लागि बोलाएको छ ।

नेकपा सांसद सापकोटाले माघ ७ गते सभामुखमा उम्मेदवारी दिएका छन्। सभामुखमा सापकोटाको एकल उम्मेदवारी परेकाले सभामुख भएको औपचारिक घोषणा हुन मात्रै बाँकी छ । सभामुख चयनका लागि माघ १२ गते प्रतिनिधिसभामा निर्वाचन हुँदैछ।