काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । उनले शुक्रबार राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


राजीनामा दिएपनि उनले कारण भने खुलाएका छैनन् । मानवअधिकार क्षेत्रका क्रियाशील प्याकुरेल राष्ट्रपतिलाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त भएका थिए ।


ADVERTISEMENT

# # #


उनले राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा दुई वर्ष र दोस्रो कार्यकालमा करिव २ वर्ष विज्ञ सल्लाहकार भएर काम गरेका थिए ।