वैदेशिक रोजगारीमा जाने कामदारहरूले तिर्ने बीमा बापतको रकम विना अतिरिक्त शुल्क अनलाइन भुक्तानी गर्न पाउने भएका छन् । भुक्तानी सेवा प्रदान गर्न इ–सेवा, फोनपे र वैदेशिक रोजगार विभागबीच सम्झौता सम्पन्न भएको पछि सेवाग्राही लाभान्वित हुने भएका हुन् ।


ADVERTISEMENT


इ–सेवाले बीमा शुल्कको रकम सम्बन्धित बीमा कम्पनीको बैंक खातामा जम्मा गरिदिने विभागका महानिर्देशक डा भीष्मकुमार भूसालले बताउनुभयो । त्यस्तो रकम प्रत्येक दिन म्यादी बीमा जारी गर्ने कम्पनीले तोकेको बैंक खातामा जम्मा गर्ने व्यवस्था मिलाउने छ ।


ADVERTISEMENT

# # #


इ–सेवाले कामदारको म्यादी बीमा भएको जानकारी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्ने छ । बीमाको बीमाङ्क रकम भुक्तानी भए नभएको रूजु गर्न पोर्टलको व्यवस्था मिलाइने बताइएको छ ।अन्य अनलाइन भुक्तानी प्रदायक संस्थासँग पनि भोलि विभागसँग सम्झौता गर्ने तयारी रहेको विभागले जानकारी दिएको छ ।