जब हाम्रो छाला थकित वा सुस्त देखिन्छ, हामी येस्को शीघ्र समाधानको लागि मेकअप प्रयोग गर्न थाल्छौँ । तर वास्तवमा, उत्तम स्किनकेयर सामग्री मध्ये एक हो, सुन्तलाको रस। भिटामिन सी मा पनि मेगा हाइड्रेटिंग र एन्टिऑक्सिडन्टहरू पाइन्छ । जसले प्रदूषण र सन बर्न जस्ता हानिकारक बाह्य कारकहरूबाट यसलाई बचाउँछ र तुरुन्त तपाईंको छाला उज्यालो पार्दछ।
सुन्तला खाँदा जति मिठो र रसिलो हुन्छ, त्यति नै पोषिलो र सौन्दर्यका हिसाबले पनि फाइदाजनक छ । सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको बोक्रा छालाको लागि लाभदायी मानिन्छ । सुन्तलाको बोक्राको फेस प्याकलाई सबैभन्दा लोकप्रिय प्याकको रुपमा लिइन्छ । सुन्तलाको बोक्राबाट लाभ लिनको लागि यसको बोक्रालाई सुकाएर धुलो बनाउने र यसलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ ।


ADVERTISEMENT


सुन्तलाको बोक्राको फाइदाहरु


ADVERTISEMENT

# # #


एक्नी हटाउन

सुन्तला भिटामिन सीले भरिपूर्ण भएको फल हो । भिटामिन सीमा एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लामेन्टरी गुणले भरिएको हुन्छ । जसले एक्नी हटाउन मद्दत गर्छ । साथै, एक्नी जन्माउने हाइपरपिग्मेन्टेशनलाई पनि कम गर्छ  ।

मृत कोशिका हटाउन

अनुहारमा रहेका मृत छाला र कोशिकालाई हटाउन सुन्तलाको बोक्रा निकै फाइदाजनक हुन्छ । अनुहारमा बन्ने मृत छालाले छिद्रहरुलाई बन्द गरिदिन्छ जसले ओपन पोर्स बढी देखिने, छाला रुखो हुने लगायतका विभिन्न समस्या देखा पर्न थाल्छन् ।  सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले मृत छालाका कोशिकालाई हटाउनको लागि एक्सफोलिएटको काम गर्छ ।

कोमल छाला

सुन्तलाको छालामा उपलब्ध भिटामिन सी शक्तिशाली एन्टिअक्सिडेन्ट हो जसले छालालाई बाहिरी फोहोरबाट बचाउँछ र  जवान देखाउँछ ।

 छालाको चमक

सुन्तलाको बोक्राले छालामा चमक ल्याउँछ । सुन्तलाको बोक्रामा हुने एन्टिअक्सिडेन्ट तत्वले फ्रि रेडिकलको प्रभावबाट बचाउँछ र साइट्रिक एसिडले छालालाई एक्सफोलिएट गर्छ । सुन्तलाको बोक्राको फेस प्याकबाट टोन र कसिलो बनाउन मद्दत गर्छ ।

फोहोर सफा गर्न

प्रदूषणका कारण छालामा फोहोर जन्मे समस्या आम समस्या हो । त्यसरी छालामा  जमेर बसेको फोहोरलाई हटाउन मदत गर्छ । सुन्तलाको बोक्रो अनुहारमा लगाउँदा छालालाई पोषण पुग्ने र छाला सफा बनाइ चमक प्रदान गर्छ ।

तैलिय छालाको उपचार

सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले अनुहारमा तेल उत्पादन कम गर्छ ।  यसमा  भएको मोस्चराइजिङ गुणले छालालाई हाइड्रेटेड र नरम बनाउँछ ।

सुन्तला टोनरका तीन तरिकाहरू

सुन्तलाको रस : अनुहार सफा गरिसके पछि कटनलाई राखेर धोई दिनुहोस् र सुन्तलाको आधा भाग काटेर हल्का रूपमा आफ्नो अनुहार वरिपरि गोलाकार गतिमा १५ मिनेट मसाज गर्न सक्नुहुन्छ।

आइस् ऑरेंज टोनर : सुन्तलाको जुसलाई एउटा बरफ ट्रेमा फ्रिज गर्नुहोस् र त्यसपछि बिहान तपाईको अनुहारमा बिस्तारै मालिस गर्नुहोस्। यसले तपाईको रंग मात्र उज्यालो पार्दैन, बरफले स्किन पोर्स, कडा पार्छ र आँखाको मुनी छाला झोलिन दिँदैन ।

फेसप्याक : सुन्तलाको रस, कागतीको रस, बेसार , र मह हनुहारको छालाका लागि आशीर्वाद हो। यिनीहरुलाई साथमा मिश्रण बनाएर लगाए छालाको पिग्मेन्टेसन कम गर्न मद्दत गर्छ ।

फेसियल स्प्रे : एउटा सुन्तलाको बोक्रालाई लगभग १०० मिलीलटर उमालेको पानीमा डुबाउनुहोस् र फ्रिजमा रातभर राख्नुहोस् । यसलाई स्प्रेको रुपमा प्रयोग गर्न सकिन्छ ।
नियमित रूपमा स्प्रे प्रयोग गर्दा छालालाई अत्यावश्यक हाइड्रेसन प्राप्त हुन्छ । जसले तपाईंको छालाको समस्या कम गर्छ र तपाईको छालाको प्राकृतिक कोलाजेन स्तर कायम राख्न मद्दत गर्दछ, । जसका कारण छाला नरम, चिल्लो र उज्यालो देखिन्छ।

सौन्दर्यकर्मी : आस्था तौजले