काठमाडौँ – वेष्ट इण्डिजका पूर्व खेलाडी ड्वेन स्मिथले चौथो संस्करणको इभरेस्ट प्रिमियर लिग (इपीएल) टी २० क्रिकेट प्रतियोगिता खेल्ने पक्का भएको छ । उनले भैरहवा ग्लाडियटर्सबाट खेल्ने भएका हुन् ।


ADVERTISEMENT


शनिबार भैरहवामा अवद्ध भएपनि उनले इपीएल खेल्नका लागि नेपाल आउन आतुर भएको बताएका छन् । भैरहवाका कप्तान अनुभवी ब्याट्सम्यान शरद भेषावकरले गर्दै आएको छन् । टोलीमा स्मिथको आगमनले मजबुद बन्ने कप्तान भेषावकरले बताएका छन् ।  ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौँमा हुँदैछ ।


ADVERTISEMENT

# # #


१०५ एकदिवसीय खेलेका ३६ वर्षीय ब्याटिङ अलराउन्डर स्मिथले १ हजार ५६० रन बनाएका छन् भने ६१ विकेट लिएका छन् । यस्तै उनले १० वटा टेस्टमा ७ विकेटका साथ ३२० तथा ३३ वटा टी–२० अन्तर्राष्ट्रियमा ७ विकेटका साथ ५८२ रन बनाएका छन् । यस्तै उनले १८३ वटा लिस्ट ए खेलमा ३ हजार ५ सय रनका साथै १०८ विकेट आफ्नो नाममा लेखाएका छन् ।

यो पनि
दक्षिण अफ्रिकाका पूर्वकप्तान हसिम अमलाले इपीएल खेल्ने !

स्मिथसँग इण्डियन प्रिमियर लिग (आइपीएल), बिगबास लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल) लगायतका फ्रेन्चाइज लिग खेलेको अनुभव रहको छ ।

उनले सन् २००४ मा वेष्टइण्डिजबाट डेब्यू गरेका उनले २०१७ मा सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए ।