काठमाडौँ – प्रभु बैंकले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं.०३ स्थित धकधइमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले आफ्नो २०५ औं शाखाको रुपमा धकधइमा बारोबार सुरु गरेको हो ।


ADVERTISEMENT


उत्त, शाखाको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले उद्घाटन गरे । प्रमुख अतिथीसमेत रहेका यादवले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा बैंकिङ्ग सेवा विस्तार गरेकोमा प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


बैंकको धकधइ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका ग्राहकले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैँकको विश्वास छ ।