गायिका आस्था राउतले महानगरीय प्रहरी परिसर काठमाडौं समक्ष आत्मसमर्पण गरेकी छिन् । राउतको स्वास्थ्य परीक्षण गराएर हिरासतमा लिइएको परिसर प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । राउत परिवारका साथमा बिहानै परिसर पुगेकी थिइन्।


ADVERTISEMENT


परिसरका अनुसार राउतमाथि अभद्र व्यवहार कसुरको मुद्दामा आवश्यक अनुसन्धान थालिएको छ।गत माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि छ।


ADVERTISEMENT

# # #


श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो।