काठमाडौँ, फागुन १९ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले स्थानीय तहको निर्वाचन  विथोल्ने घोषणा गरेको छ ।
पार्टीको हालै रोल्पामा सम्पन्न आठौं महाधिवेशनपछि पहिलो पटक राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले चुनाव विथोल्ने चेतावनी दिए । सरकारले स्थानीय तहको चुनावको मिति आगामी बैशाख ३१ गतेको लागि तोकेको सन्दर्भमा सो पार्टीले यस्तो घोषणा गरेको हो ।
उनले भने, ‘हामी चुनाव हुन दिँदैनौं, जसले सामना गर्छु भनेको छ उविरुद्ध हामी लड्न तयार छौं । जुन सुकै मूल्य चुनाएर पनि क्रान्ति गछौं ।’
पत्रकारसम्मेलनमा आक्रामक रुपमा प्रस्तुत भएका उनले थपे, ‘जनतालाई दवाउँछु भन्नेहरु कि त सकिएका छन् कि त रुँदै सडकमा हिँडेका छन् ।’
उनले दलाल पुँजीवादी व्यवस्था रहेसम्म देशको विकास नहुने तर्क गर्दै संसदवादले नेपाल र नेपालीको भलो गर्न नसक्ने दाबी गरे ।
‘संसदवादलाई फाल्नु नै अहिलेको प्रमुख काम हो’, विप्लवले भने, ‘ अहिलेको विकल्प भनेको संसदवाद हैन, वैज्ञानिक समाजवाद हो । त्यो ल्याउन हामी लड्छौं ।’
उनले देशका ‘दलाल पुँजीवादी’बाहेक सबैसँग मिलेर आफ्नो पार्टी तयार रहेको समेत बताए । उनले आफ्नो पार्टीले देशको समृद्धि चाहेको भन्दै लगानी गर्न चाहनेलाई पार्टीले प्रोत्साहन गर्ने बताए ।


ADVERTISEMENT


भारत विस्तारवादी हैन साम्राज्यवादी
पत्रकारसम्मेलनमा विप्लवले भारत विस्तारवादी नभई साम्राज्यवादी भएको धारणा राखे । ‘सामाज्यवादी भारतले सिक्किम, कास्मिर, गवा खायो । अर्काको स्वतन्त्र देश खाने देश विस्तारवादी रहेन साम्राज्यवादी भइसक्यो’, उनले भने ।


ADVERTISEMENT

# # #