हेटौँडा –


ADVERTISEMENT


राष्ट्रपति विद्यादेवी भण्डारीले आज हेटौंडाको शहीद स्मारकको प्रजातान्त्रिक पार्कमा निर्माण गरिएको प्रतिमाहरुको अनावरण गर्दै हुनुहुन्छ । राष्ट्रपति भण्डारीले प्रजातान्त्रिक पार्कमा निर्माण गरिएको पुष्पलाल श्रेष्ठ, बीपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीको प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको स्मारक विकास समितिले जनाएको छ ।


ADVERTISEMENT

# # #


मुलुककै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास भएको हेटौँडाको शहीद स्मारकमा बनाइएको प्रतिमाहरुको अनावरण गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै विभिन्न देशका राजदूतहरु पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

राजदूतहरुले शहीद स्मारकसँगै मकवानपुरगढी लगायतका पर्यटकीय स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।