क्यारेबियन क्षेत्रमा मंगलबार ७।७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प गएको छ । यूएस जियोलोजिकल सर्भे (यूएसजीएस) का अनुसार मंगलबार जमैका, केम्यान आइल्याण्ड र क्युबाको बीचमा पर्ने क्यारेबियन क्षेत्रमा भूकम्प गएको हो ।


ADVERTISEMENT


भूकम्पको गहिराइ १० किलोमिटर मापन गरिएको छ । भूकम्पको केन्द्रविन्दु जमैकाको लुसियाबाट १२५ किलोमिटर उत्तर पश्चिममा रहेको थियो ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार समुद्री क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएकाले मानवीय क्षति भएको छैन ।


ADVERTISEMENT

# # #