एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी )फ्रेन्च कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को खेलमा पाउलाई २९० गोल अन्तरले हराएर पीएसजी क्वाटरफाइनलमा पुगेको हो ।


ADVERTISEMENT


तेस्रो डिभिजन क्लब पाउको मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन लिन्ड्रो द्यानीयल पारेडेस र पाब्लो साराबियाले एक–एक गोलको साझेदारी गरे ।पीएसजीले खेलको २५ औं मिनेटमा ड्यानीयलको गोलबाट अग्रता बनाएको थियो ।


ADVERTISEMENT

# # #


त्यसपछि खेलको ५३ औं मिनेटमा साराबियाले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए । यस्तै मार्सेली पनि अन्तिम आठमा पुगेको छ । मार्सेलीले स्ट्रासवर्गलाई ३–१ गोल अन्तरले पराजित गर्यो ।