एजेन्सी– लिभरपुलले ईङ्लिस प्रिमियर लिग फुटबलमा १९ अंकको अग्रता कायम गरेको छ । बुधबार राति भएको खेलमा वेस्ट ह्यामलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले लिगमा ७० अंक जोडेको हो । शीर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग १९ अंकको अग्रता बनाएको हो ।


ADVERTISEMENT


लिभरपुलको जितमा मोहमद सलाहा र एलेक्स ओक्सलेड चेम्बरलेनले एक एक गोल गरे । खेलको ३५ औं मिनेटमा सलाहाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा चेम्बरलेनले लिभरपुलको जित सुनिश्चित गरे ।


ADVERTISEMENT

# # #


लगातार १५ खेलमा जित निकाल्दै लिभरपुल सन् १९९० पछि उपाधि होडमा लम्किएको छ । लिभरपुल लिगको ४१ खेलमा अपराजित छ । पराजित बनेको वेस्ट ह्याम रेलिगेशन जोन भन्दा मात्र एक स्थान माथि छ । वेस्ट ह्याम २३ अंक सहित तालिकाको १७ औं स्थानमा छ ।