काठमाडौँ – नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समितिमा पदाधिकारी थप गरी विस्तार गरिएको छ ।


ADVERTISEMENT


काँग्रेसको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाद्वारा गठित सङ्घको केन्द्रीय समितिमा आज दुई उपसभापति र पाँच महामन्त्री मनोनयन गरिएको पार्टी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


सङ्घको केन्द्रीय कार्यसमितिको उपसभापतिमा तुलसा पन्त (झापा) र मुक्तिराज पौडेल ९रुपन्देही० तथा महामन्त्रीहरुमा दीपक भट्टराई (तनहुँ), उर्मिला थपलिया (धादिङ), प्रभातकुमार दाहाल (मकवानपुर), बलदेव तिमल्सिना (सिन्धुपाल्चोक) र युवराज पाण्डे (स्याङ्जा) लाई मनोनयन गरिएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवाले यसअघि यही माघ १६ गते राजीव ढुङ्गानाको अध्यक्षतामा दुई महामन्त्रीसहित तीन सदस्यीय नेविसङ्घ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका थिए । नेविसङ्घको केन्द्रीय समितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गरिने उनले बताए । रासस