नेपाली फिल्म ‘बुलबुल’ ले फ्रान्समा अवार्ड जितेको छ । फ्रान्समा जारी दक्षिण एसिया फिल्म फेस्टिभलमा पब्लिक च्वाइस अवार्ड जितेको हो । यस अवार्डमा सहभागी हुन निर्देशक विनोद पौडेल र अभिनेत्री स्वस्तिमा खड्का फ्रान्स पुगेका छन् । अवार्ड पाएपछि पौडेलले फेसबुकमार्फत खुशी व्यक्त गरेका छन् । ‘बुलबुल’मा पति विदेश गएकी पत्निको एक्लोपनाको कथा समेटिएको छ ।


ADVERTISEMENT


नेपालमा पनि यस फिल्मले चौतर्फी तारिफ पाएको थियो । पौडेलले उत्कृष्ट निर्देशक र स्वस्तिमाले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जितेका थिए । स्वस्तिमा यही फिल्मबाट सार्क फिल्म फेस्टिभलमा स्पेशल जुरी अवार्डबाट सम्मानित भएकी थिइन् । ‘बुलबुल’मा स्वस्तिमाबाहेक मुकुन भुसाल र लक्ष्मी वर्देवालाई मुख्य भूमिकामा देख्न पाइन्छ ।साउथ एसियन फिल्म फेस्टिबल’मा यस अघि मीन भामको ‘कालो पोथी’ र दीपक रौनियारको ‘ह्वाइट सन’ पनि छनोट भएका थिए ।


ADVERTISEMENT

# # #