काठमाडौं : वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी सरकारको महान्यायाधीवक्तामा सिफारिस भएका छन्।


ADVERTISEMENT


प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राज्यको महान्यायाधीवक्तामा अधिवक्ता भण्डारीलाई नियुक्त गरेका हुन्। भण्डारीको नियुक्तिका लागि राष्ट्रपति समक्ष पठाइएको स्रोतले जनाएको छ।


ADVERTISEMENT

# # #


भण्डारीले झन्डै ४० वर्ष कानुन व्यवसायिका रुपमा न्यायसेवा गर्नु भएको छ। उनलाई राष्ट्रपतिबाट नियुक्तिको तयारी भइरहेको छ। रमणकुमार श्रेष्ठले महान्यायाधीवक्ता पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

प्रधानमन्त्रीले राजीनामा दिएपछि महान्यायाधीवक्ताले समेत राजीनामा दिने प्रचलन भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नियुक्त भएका श्रेष्ठले भने एक साताअघि मात्र राजीनामा दिएका थिए।