काठमाडौं – प्रमुख तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आगामी मंसिर १५ गतेभित्र प्रदेश र संघको दुवै चुनाव सम्पन्न गर्न सहमत भएका छन् ।


ADVERTISEMENT


बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस्तो सहमति भएको हो । “संविधान कार्यान्वयनका लागि मंसिर १५ लाई डेडलाइन मानेर चुनाव सम्पन्न गर्ने सहमति भएको छ,” बैठकमा सहभागी एमाले नेता सुवास नेम्वाङले भने । उनका अनुुसार भोलि (बिहीबार) निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तय गरिनेछ ।


ADVERTISEMENT

# # #


भदौ ४ भित्र संविधान संशोधन संसदमा निर्णयार्थ पेश गर्ने र चुनावको मिति पनि घोषणा गर्ने सहमति भएको उनले बताए । “निर्वाचनका लागि आवश्यक कानुन बनाउने तथा मिति घोषणा भदौ ४ भित्रै गर्ने सहमति भएको छ,” उनले भने ।

तीन दलबीच संविधान संशोधनको विषयलाई टुंगोमा पुर्याइहाल्ने सहमति भएको कांग्रेस नेता शशांक कोइरालाले बताए । संविधान संशोधनबारे एमालेको अडान भने कायमै छ ।

बैठकमा एमाले अध्यक्ष के पी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत सहभागी थिए ।