काठमाडौँ– एएफसी एसियन कप अन्तर्गत छनोट चरणको तेस्रो खेलको तयारीका लागि जापान पुगेको नेपाली टोलीले बिहीबार खेलेको खेलमा अमिटी स्पोर्ट्स क्लबसँग ५–० को हार व्येहोरेको छ । अमिटी जापानको पाँचौ श्रेणीको लिग कान्साई सकर लिगमा खेल्ने टोली हो ।


ADVERTISEMENT


दोस्रो रोजाइका खेलाडी उतारेको नेपाली टोलीले पहिलो हाफमा ३ र दोस्रो मा २ गोल खाएको थियो । बुधबार क्वान्साई गाकुइनलाई २–१ले पराजित गर्दाको टोलीबाट पहिलो रोजाइका सबै खेलाडी परिवर्तन गरिएको थियो ।


ADVERTISEMENT

# # #


पहिलो खेलमा नेपालले गाम्बा ओसाका को यू २३ टोलीसँग १–१ को बराबरी खेलेको थियो । नेपाली टोलीले शुक्रबार हनान विश्वविद्यालयसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपालले एएफसी एसियन कपको छनोट चरण अन्तर्गत तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । नेपाल र ताजिकिस्तानको खेल आगामी भदौ २० गते काठमाडौँमा हुँदैछ ।