एजेन्सी- अमेरिकाको मिसिसिपीमा रहेको एक घरमा आगलागी हुँदा सातजनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र उनका ६ जना छोरा–छोरी रहेका छन् ।


ADVERTISEMENT


विद्युत् सर्ट भइ आगलागी भएको अनुमान गरिएको छ । यद्यपि, आगलागीको कारण भने थाहा हुन सकेको छैन ।


ADVERTISEMENT

# # #


सबै परिवार घरमै रहेको बेला भएको आगलागीबाट महिलाका श्रीमान् भने बाँच्न सफल भएका छन् । उनलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

आगलागीबाट घर पनि जलेर नष्ट भएको छ । आगो नियन्त्रणका लागि वारुणयन्त्रलाई ४० मिनेटको समय लागेको थियो ।