हङकङमा चार दिनसम्म क्रुजमा फसेका हजारौं मानिसहरूलाई कोरोनाभाइरसको परीक्षणपछि निगरानी मुक्त भएका छन् । अघिल्लो यात्राका क्रममा केही कर्मचारीहरूमार्फत् उक्त भाइरस पानीजहाजमा फैलिएको हुनसक्ने आशङ्कामाझ वर्ल्ड ड्रीम क्रुजका करिब तीन हजार ६ सय यात्रु र चालक दललाई निगरानीमा राखिएको थियो।


ADVERTISEMENT


जापानमा अर्को पानीजहाजमा कोरोनाभाइरसबाट सङ्क्रमित दर्जनौं भएको पुष्टि भएपछि त्यसलाई निगरानीमा राखिएको छ। चीनमा देखापरेको उक्त भाइरसको प्रकोपका कारण अहिलेसम्म ८ सय १३ जनाको मृत्यु भइसकेको छ।


ADVERTISEMENT

# # #