काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । दिउँसो दुई बजेका लागि बोलाइएको बैठकमा महाधिवेसन तयारी, भ्रातृ संस्था तथा आन्तरिक संगठन संरचनाका लगायतका विषयमा छलफल हुन लागेको बताइएको छ ।  आजको बैठकमा नियमावली संसोधन र विधान परिमार्जनका विषयमा पनि छलफल हुने बताइएको छ ।


ADVERTISEMENT


यस्तै बैठकमा ललिता निवास जग्गा प्रकरणमा उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै अवरुद्ध संसद खुलाउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।


ADVERTISEMENT

# # #


एउटै विषयमा नीतिगत निर्णय गर्दा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई समेत छानविनको दायरामा ल्याउन काँग्रेसले माग गर्दै आएको छ ।