काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन खारेज भएको छ ।


ADVERTISEMENT


प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेर बुझाइएको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गरेको हो । प्रहरी प्रधान कार्यालयले गठन गरेको अर्को छानबिन समितिले बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन त्रुटिपूर्ण ठहर गरेपछि बस्न्यात नेतृत्वको टोलीको प्रतिवेदन खारेज गरेको हो ।


ADVERTISEMENT

# # #


यसैबीच पछिल्लो प्रतिवेदनअनुसार बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलिपसिंह विष्ट नै मुख्य अभियुक्त रहेकाले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले कञ्चनपुर प्रहरीलाई आईतबार निर्देशन दिएको छ ।

कञ्चनपुर भीमदत नगरपालिका २ स्थित खोन्टीकी पन्तको शव २०७५ साउन ११ गते त्यही नगरपालिकाको वडा नम्बर १८ निम्बुखेडा खोला किनारको उखुबारीमा फेला परेको थियो ।