काठमाडौँ – एनआईसी बैंकले भ्यालेन्टाइन डे लक्षित गरी बैंकको मोबाइल बैंकिङ्ग एप ःयद्यबलप मार्फत कारोबार गर्ने ग्राहक महानुभावहरुलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ ।


ADVERTISEMENT


जसअन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गते सम्म एनआईसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप “MoBank” कारोबार गर्ने २० भाग्यमानी ग्राहकले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनेछन् ।


ADVERTISEMENT

# # #


यस बैंकको मोबाईल बैंकिङ्ग एप MoBank मार्फत कुनै पनि भुक्तानी जस्तै QR payment, बिजुली बिल भुत्तानी, mobile top-up लगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिने बैँकले जनाएको छ । तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन ।

यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्ने ग्राहकलाई फोनमार्फत जानकारी दिनेछ । डिनर जित्ने ग्राहकले आफ्नो कुपनसहित भ्यालेन्टाइन डे को दिन अर्थात फेब्रुअरी १४ मा सोल्टी क्राउन प्लाजा होटलमा भब्य डिनर गर्न पाउनेछन् ।

बैंकले यो विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पुर्याउने विश्वास लिएको छ । यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ्ग प्रती लालायीत गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको रहेको छ ।

बैंकले यस्ता थुप्रै अन्य योजनाहरु ल्याइसकेको छ भने भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जानकारी गराएको छ ।