बेइजिङ — नोवल कोरोना भाइरसका कारण चीनमा सोमबार एकै दिन १०८ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा संक्रमण देखिएयता मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो ।


ADVERTISEMENT


चिनियाँ अधिकारीले शनिबार मात्रै मृत्युदरमा कमी आएको बताए पनि आइतबार र सोमबार मृतकको संख्या बढेको हो। आइतबार मात्रै ९७ जनाको मृत्यु भएको थियो।


ADVERTISEMENT

# # #


सोमबार मृत्यु हुनेमध्ये १०३ जना हुबेई प्रान्तका थिए। कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार बिहानसम्म एक हजार १८ पुगेको छ । मुख्यभूमि चीनभर सोमबार थप २ हजार ४ सय ७८ जना नयाँ संक्रमित पाइएका छन्। यो संख्या आइतबारको तुलनामा भने धेरै कम हो।

मंगलबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले उल्लेख गरेको छ । चीनबाहिर २७ देशमा ४ सय ६० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

चीनबाहिर फिलिपिन्स र हङकङमा एकरएक जनाको मृत्यु भएको छ । यसैबीच, चिनियाँ स्वास्थ्य अनुसन्धानकर्ताले कोरोना भाइरसको इन्क्युबेसन अवधि १४ बाट २४ दिन पुर्‍याउनुपर्ने हुन सक्ने बताएका छन् ।

कहाँ कति संक्रमितरु

चीन – १०१६ मृत्यु, ४२,६३८ संक्रमित

हङकङ – १ मृत्यु, ४२ संक्रमित

फिलिपिन्स – १ मृत्यु, ३ संक्रमित

संक्रमित मात्रै

जापान – १६१

सिंगापुर – ४५

थाइल्याण्ड – ३२

दक्षिण कोरिया – २८

ताइवान – १८

अस्ट्रेलिया – १५

मलेसिया – १८

जर्मनी – १४

भियतनाम – १४

अमेरिका – १३

मकाओ – १०

क्यानडा – ७

फ्रान्स – ११

यूएई – ८

इटाली – ३

भारत – ३

बेलायत – ८

रुस – २

श्रीलंका – १

कम्बोडिया – १

फिनल्याण्ड – १

नेपाल – १

स्विडेन – १

स्पेन – १

बेल्जियम – १