एजेन्सी– अमेरिकाले चीनले आफ्नो देशमा साइबर आक्रमण गरेको आरोप लगाएको छ ।
चार जना चिनियाँ सैनिकले साइबर हमला गरेर संवेदनसिल डाटा चोरी गरेका आरोप लगाएको हो ।


ADVERTISEMENT


साइबर हमलापछि सन् २०१७ मा १४ करोड अमेरिकी नागरिक प्रभावित भएको अमेरिकाको दाबी छ ।
जसका कारण केही बेलायती र क्यानाडाका ग्राहकहरु पनि प्रभावित भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


अमेरिकी महान्यायाधीवक्ता विलियम बारले चीनले इतिहासकै सबैभन्दा ठूलो डाटा उल्लंघन गरेको आरोप लगाएका छन् ।

अदालतका अनुसार चार जना पीपुल्स लिबरेसन आर्मीको ५४ औं अनुसन्धान संस्थाका सदस्य हुन् ।

उनीहरुले बैंक तथा वित्तीय संस्थाका नेटवर्किङ प्रणालीबाट व्यक्तिगत डाटा चोरी गरेको अमेरिकाको आरोप छ ।