काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछ ।


ADVERTISEMENT


लिगको १२ औं चरणको खेल अन्तर्गत मंगलबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।


ADVERTISEMENT

# # #


यस्तै दोस्रो खेलमा थ्री स्टार क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदा तेस्रो खेलमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ ।

तीनै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

पहिलो खेलमा दोस्रो स्थानको आर्मी र ब्रिगेड बिहान पौने ९ बजे भिड्नेछन् ।

आर्मी ब्रिगेडलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ । ११ खेलमा २६ अंक जोडेको आर्मी दोस्रो स्थानमा रहेको छ । ब्रिगेडलाई हराउँन सके आर्मी मछिन्द्र क्लबलाई पछि पार्दै शीर्ष स्थानमा उक्लने छ ।

ब्रिगेड भने आर्मीलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्न चाहन्छ । ८ अंक जोडेको ब्रिगेड १२ औं स्थानाम रहेको छ ।

यस्तै थ्री स्टार र एनआरटीबीचको खेल दिउँसो सवाँ १२ बजे भिड्नेछन् ।

२० अंक जोडेको थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ । एनआरटीलाई हराएर थ्री स्टार शीर्ष ६ मा आफुलाई सुरक्षित गर्न चाहन्छ । यता, एनआरटी पनि जित निकाल्दै शीर्ष ६ भित्र उक्लन चाहन्छ । १५ अंक जोडेको एनआरटी लिगको आठौं स्थानमा राजेको छ ।

लिगको उपाधि होडमा रहेको मनाङले दिउँसो साढे ३ बजे नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

२२ अंक जोडेको मनाङ तेस्रो स्थानमा रहेको छ । पुलिसलाई पराजित गर्न सके मनाङले शीर्ष दुई टोलीसँग अंक दुरी समेत घटाउने छ ।

पुलिस भने मनाङलाई हराएर शीर्ष ६ भित्र स्थान पक्का गर्न चाहन्छ । छैटौं स्थानको पुलिसको १७ अंक रहेको छ ।

लिगबाट सरस्वती युथ क्लब एक खेल अगाबै घटुवा भईसकेको छ । अब लिगको विजेता र शीर्ष ६ मा रहने टोलीको टुंगो लाग्न बाँकी रहेको छ । शीर्ष ६ भित्र रहने टिमले राष्ट्रिय लिग खेल्नेछ ।