ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विद्युत प्रसारण लाइनभन्दा तलपट्टी पर्ने जमिनको पनि सरकारले पूर्ण मुआब्जा दिने तयारी गरेको बताएका छन् । मन्त्री पुनले आगामी पााच वर्षमा ५ हजार र १० वर्षमा १६ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको भन्दै विद्युत वितरणका लागि प्रसारण लाइन निर्माणको काम पनि तीव्र रुपमा अघि बढेको बताए । यसअघि सरकारले प्रसारण लाइनको जग्गामा आंशिक मात्र मुआब्जा दिने गरेको थियो ।


ADVERTISEMENT


यसैबीच उनले वर्तमान सरकार बन्नुअघि मुलुकमा ९ सय मेगावाट मात्र विद्युत रहेकामा पछिल्लो दुई वर्षमा ४ सय मेगावाट थपिएर कूल जडित क्षमता १३ सय मेगावाट पुगेको उल्लेख गरे । यसै आर्थिक वर्षमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित १ हजार मेगावाट विद्युत केन्द्रीय प्रसारणमा थपिने जानकारी उनले दिए । उनले भने, ‘हामीले वार्षिक १८ अर्बको बिजुली छिमेकी मुलुकबाट आयात गरिरहेका छौं, यही वर्षदेखि आयात प्रतिस्थापन गर्दैछौं ।’ मन्त्री पुनले रसुवा र नुवाकोटमा धेरै विद्युत आयोजना निर्माण भएको र कतिपय निर्माणको चरणमा रहेको चर्चा गर्दै त्यहाका जनता विकासमैत्री रहेको बताए ।


ADVERTISEMENT

# # #